कुलेखानी जलाशय : इन्द्रसरोवरको दुबै ढोका खोलेपछि पानीको सतह घट्न थाल्यो

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको इन्द्रसरोवरको दुइवटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको छ।

भरिएर १ हजार ५३१ मिटर पुगेको जलसतह १ हजार पाँच सय ३०.६९ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलासयको दुबै ढोका आम्सिक रुपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख तारादत्त भट्टले सरोवरको दुबै ढोका साढे चार मिटर खोलिएको जानकारी दिए ।

उनका अनुसार समुन्द्री सतहदेखी १ हजार ५ पाँच सय ३० मिटर पानी संकलनको क्षमता रहेको जलाशयमा आज बिहान् ४:५० बजे १ हजार पाँच सय ३१ मिटर पुगेको थियो । ड्यामको दुबै ढोका खोलेपछि अहिले बिहान् ८:३० बजेसम्ममा जलसतह १ हजार पाँच सय ३९.६९ मिटरसम्म आइपुगेको छ । 

इन्द्रसरोवरको जलाधार क्षेत्रमा लगातार ठूलो पानी परिरहेकोले ड्यामको सुरक्षाको लागि दुईवटै ढोका र बिधुत उत्पादन पुर्ण क्षमतामा संचालन गरिएको प्रमुख भट्टले बताए । उनले पानी पर्न केही कम भए सरोवरको जलसतह छिटै घट्न सक्ने जानकारी दिए ।

सुझावित समाचार