चतुर्भुज सुरक्षा संवाद (क्वाड)को विचार अहिले झन्डै दुई दशक पुरानो भइसकेको छ । सन् २००४ मा भएको विनाशकारी सुनामीपछि पहिलोपटक यो विचार आएको थियो । यद्यपि, यो कूटनीतिक साझेदारीलाई प्रायः विज्ञहरू र मिडियाले यसको मूल्य, आवश्यकता र यहाँसम्म कि अस्तित्वमाथि नै प्रश्न उठाउँदै आएका छन् ।
डेलावेयरको विल्मिंगटनमा हालसालै सम्पन्न चौथो क्वाड नेताहरूको शिखर सम्मेलन पनि केही फरक थिएन । शिखर सम्मेलन सुरु हुनुअघि एक पत्रकारले क्वाड नोभेम्बरपछि अस्थित्वमा रहन्छ वा रहँदैन भनेर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सोधेका थिए । बाइडेनले ठट्यौली पारामा भने, ‘त्योभन्दा पर धेरै समयसम्म यसको अस्तित्व रहनेछ ।’ त्यसपछि बाइडेन शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा केही भावनामा बगे । उनले भने, ‘चुनौती आउनेछन्, संसार परिवर्तन हुनेछ, तर क्वाडले परिवर्तनमाझ आफूलाई सान्दर्भिक देखाउनेछ ।’ उनको भनाइलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन जनाएका थिए । मोदीले क्वाडले इन्डो–प्यासिफिक देशको प्रयासलाई सहयोग, साझेदार र पूरक बनाउने बताए ।
अउकसको प्रभाव
सन् २०२१ मा अमेरिकाको वासिंटन डिसीमा आयोजित पहिलो व्यक्तिगत क्वाड शिखर सम्मेलन हुनुभन्दा एक हप्ताअघि अमेरिकाले क्वाडजस्तै उद्देश्यका साथ नयाँ त्रिपक्षीय सुरक्षा साझेदारी अउकस घोषणा गर्यो । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले त्यसको स्थापना गरिएको थियो । स्पष्ट सैन्य पक्षसँगै अउकसको घोषणाले तुरुन्तै क्वाडका बारेमा प्रश्न उठायो, जुन कुनै सैन्य घटकविनाको साझेदारी हो । भारत र अस्ट्रेलियाको हिचकिचाहटबिच सन् २०१७ मा क्वाडको पुनः उदय स्वाभाविक थियो । चीनको छिमेकी भारत र चीनमाथि आफ्नो व्यापार निर्भरता रहेको अस्ट्रेलियाले चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई घेरा हाल्न र दबाउन ‘अमेरिकी नेतृत्वको पश्चिमी प्रयास’ भनेजस्तै त्यसमा सहभागी भएर बेइजिङको विरोध गर्नदेखि सतर्क थिए ।
यद्यपि, २०२० ले नयाँदिल्ली र क्यानबेरा दुवैको अडान परिवर्तन गर्यो । यही वेला पूर्वी लद्दाखमा भारतको चीनसँगको सीमा क्षेत्रमा तनाव बढ्यो भने अस्ट्रेलियाले चीनबाट व्यापारिक प्रतिक्रियाको सामना गर्यो, किनभने त्यतिवेला बेइजिङले कोभिड १९ को उत्पत्ति पहिचान गर्ने संकल्पका लागि जोड दियो ।
त्यस वर्ष भारतले जारी महामारीका बाबजुद टोकियोमा क्वाडको दोस्रो र एक्लो मन्त्रीस्तरीय बैठकको वकालत गरेको देख्यो । पहिलो मन्त्रीस्तरीय बैठक संयुक्त राष्ट्र संघको महासभा (युएनजिए) को छेउमा न्युयोर्कमा भएको थियो । यो स्पष्ट थियो कि अवरोधहरू हट्दै थिए र क्वाड अन्ततः प्रभावकारी बन्दै थियो ।
जे होस्, अउकस (अस्ट्रेलिया, युके र अमेरिकाबिचको सुरक्षा साझेदारी)को सुदृढीकरणपछि प्रायः क्वाडको प्रभावहीनताबारे प्रश्न गरिन्छ । यस वर्ष क्वाड शिखर सम्मेलनले अर्धचालक आपूर्ति शृंखलाहरूको लचिलोपन बढाउन आपूर्ति चेन आकस्मिक नेटवर्कको घोषणा गर्यो । यो एक महत्वपूर्ण क्षेत्र हो किनकि सेमी–कन्डक्टरहरूले आजको संसारमा, विशेषगरी उन्नत अर्थव्यवस्थाहरूमा महत्वपूर्ण भूमिका खेल्छन् ।
अनुसन्धान संस्थान आरएएनडीको सन् २०२३ को रिपोर्टमा भनिएको छ कि विश्वव्यापी अर्धचालक उत्पादनमा ताइबानको प्रभुत्वले अमेरिका र यसका सहयोगीका साथै ताइबानका लागि भूराजनीतिक र आर्थिक कमजोरी सिर्जना गर्छ, जसले चीनलाई सम्भावित असीमित लाभ प्रदान गर्छ । प्रतिवेदनले औँल्याएको छ कि आपूर्ति शृंखला अवरोधले अमेरिकी अर्थतन्त्रलाई गम्भीर रूपमा असर गर्न सक्छ । वासिंटनले एकपक्षीय रूपमा कार्य गर्नुको सट्टा संयुक्त, बहुराष्ट्रिय ब्लकको रूपमा प्रतिक्रिया दिन आफ्ना सहयोगी र साझेदारलाई संलग्न गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
अर्को उदाहरण २०२१ को हो, क्वाड भ्याक्सिन साझेदारी । दक्षिणपूर्वी एसियाली राष्ट्रमा चीनको खोपको पहुँच र प्रभावलाई कम गर्न इन्डो–प्यासिफिक देशहरूमा ४०० मिलियन कोभिड–१९ खोपको डोजहरू पठाइयो । विश्व स्वास्थ्यमा चीनको प्रभाव ट्र्याक गर्ने परामर्शदाता ब्रिज कन्सल्टिङले डिसेम्बर २०२२ सम्ममा एसिया–प्यासिफिक वर्गमा चीनको भ्याक्सिन वितरणको कुल संख्या ८९ करोड पुगेको जनाएको छ ।
क्वाड अमेरिकाका लागि कत्तिको उपयोगी छ ?
यसबाहेक अउकस एक पूर्ण रूपमा वैश्विक पश्चिमी गठबन्धन हो भने क्वाडमा भारतको उपस्थितिले यसलाई अमेरिकाका लागि थप उपयोगी बनाउँछ । यसलाई जोन इकेनबेरीको थ्री वर्ल्डस् : वेस्ट, इस्ट, साउथ र विश्वव्यापी व्यवस्थालाई आकार दिने प्रतिस्पर्धाको माध्यमबाट राम्रोसँग बुझ्न सकिन्छ । विश्व व्यवस्थामाथिको संघर्षको मुख्य अक्ष ग्लोबल वेस्ट र ग्लोबल इस्ट (चीन र रुस) बिचमा रहेको उनको भनाइ छ । इकेनबेरीले ग्लोबल साउदलाई ‘स्विङ ग्रुपिङ’को रूपमा वर्णन गर्छन्, जुन विश्व राजनीतिलाई एक वा अर्को दिशामा झुकाउने तरिकामा अन्य राज्यहरूमा सामेल हुन उपलब्ध छ । यो यस्तो भूमिका हो, जुन भारतले क्वाडमा आफ्नो सहभागितामार्फत पूरा गर्दछ र लाभ उठाउँछ ।
तसर्थ, साझेदारीको रूपमा क्वाड र त्यस्ता साझेदारीमा भारतको उपस्थिति दुवै विश्वमा जारी रहने अपेक्षा गरिएको छ, जहाँ चीनको उदय वर्तमान उदारवादी वा अमेरिकी विश्व व्यवस्थामा विभाजनको स्रोत बनेको छ ।
सिद्दिकी एनडिटिभीकी विदेश मामिला पत्रकार हुन्
– एनडिटिभीबाट