ग्यास बुलेटको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

 हेटौँडामा शुक्रबार साँझ ग्यास बुलेटको ठक्करबाट घाइते भएका एकजना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर सुडाल घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्याङ बस्दै आएका ६० वर्षीय रमेश पाण्डे रहेका छन्।

पाण्डेलाई पूर्व-पश्चिम राजमार्गआन्तर्गत हेटौँडा–१० स्थित राप्ती पुलनजिकै एनएल ०१ एल ९०२६ नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

पाण्डेलाई ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

सुझावित समाचार