नदीकिनार तथा सडककाे नयाँ मापदण्ड खारेज गर्न माग गर्दै आज पनि प्रदर्शन भएको छ। आधा दर्जनभन्दा बढी संघसंस्थाले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन्।
गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति काठमाडौं उपत्यका (स्वानिग) विशेष ब्युरो, पहिचानवादी मोर्चा, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समिति, दलितका लागि दलित अभियान, भ्रष्टाचारविरुद्ध अभियान, यलः नेवा समाज, सेभ नेवाः भ्याली र सहकारीपीडित संघर्ष समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘मापदण्डका नाममा जनतालाई उठीवास गर्न पाइँदैन’, ‘गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठीवास गर्ने गैरन्यायिक सडक तथा खाेला मापदण्ड खारेज गर’जस्ता नारा लगाएका छन्।
हेर्नुस् तस्बिरहरू :
2024-09-19-02-26-56.jpeg)
2024-09-19-02-26-47.jpeg)
2024-09-19-02-26-39.jpeg)
2024-09-19-02-26-33.jpeg)
2024-09-19-02-26-26.jpeg)
2024-09-19-02-26-20.jpeg)
2024-09-19-02-26-14.jpeg)
2024-09-19-02-26-07.jpeg)