आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवंगत नेताको स्मरण गरिँदै छ।
स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले स्मृतिसभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुने बताए।
नेम्वाङ ०४८ र ०५१ सालमा राष्ट्रिय सभा सदस्य तथा ०५६, ०७४ र ०७९ सालको संसदीय निर्वाचन तथा ०६४ र ०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।