नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले दुई ठूला दलले बाबुआमाको अंश लिए जसरी सत्ता चलाउने सपना देखेको भए त्यस्तो सपना नदेख्न चुनौती दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पौडेलले लोकतन्त्रको अभ्यास गर्न धेरै दल जन्मिसकेकाे भन्दै यस्ता सपना नदेख्न उनले दुई ठुला दललाई चुनौती दिए।
लोकतन्त्रमा जसको अंकगणित पुग्छ उसले प्रधानमन्त्री बन्ने हो र विपक्षी दललाई सँँगै लिएर जनताका आवाज सुन्ने हो, तर अहिलेको सरकार अल्पमतलाई किक हान्नतिर मात्र लागेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले केही दिनअघि प्रचण्डलाई एक राउन्डकिक हानेको कता ढल्यो भन्नुहुन्थ्यो, अहिले त्यही किक उपसभामुखमाथि हान्न तयार हुनुहुन्छ ।’
सांसद पौडेलले दुईपटकसम्म सदन विघटन गर्ने प्रधामन्त्रीले संसदमा फेरि अर्कैखाले हावा चलाएको आरोप लगाए । समाजलाई विकास र स्थिरताको बाटोमा लैजानेभन्दा पनि अस्थिर बनाइराख्ने काममा सरकार तल्लीन रहेको उनको आरोप छ ।