‘सीमित व्यक्तिहरूलाई ब्रह्मलुट गराउन यो सरकार बनेको हो ?’

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सीमित व्यक्तिहरूलाई ब्रह्मलुट गराउन यो सरकार बनेको हो ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले दुई–चार सय रुपैयाँ तिर्न नसक्ने सामान्य नागरिकलाई बिल काट्ने अनि अर्बौँ रुपैयाँ कर नतिर्नेलाई छुट दिने कस्तो नाटक हो ? भनेर प्रश्न गरे । ‘सानाको कुरा कहिल्यै नसुन्ने अनि फेरि हामी एनसेलको पछि लाग्ने ? सरकारले यसको जवाफ दिनुपर्छ ।’ 

सरकारलाई मुलुकप्रति कुनै चिन्ता नभएको भन्दै सांसद भण्डारीले एनसेलले पैसा तिर्नु नपर्ने सरकारको निर्णयमा कुनै न कुनै गडबडी रहेको बताए । 

सुझावित समाचार