पन्च इभी सार्वजनिक, मूल्य ३४ लाख

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

नाडा अटो सो २०२४ मा टाटाको पन्च इभी सार्वजनिक गरिएको छ । विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेसँगै बिक्री–वितरण पनि खुला गरेको छ । टाटा पन्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दाबी छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सका साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । कम्पनीले पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी दिएको छ । 

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटेजी अफिसर बालाजी राजनले भारतमा लोकप्रिय टाटा पन्चले नेपाली ग्राहकको पनि मन जित्नेमा आफू विश्वस्त रहेको बताए । 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पन्च इभीले ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउने बताए । 

सुझावित समाचार