नेकपा एमालेको पोलिटब्युरो बैठक १८ र १९ भदौमा बस्ने भएको छ। बिहीबार बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो।
यसैगरी, बैठकले २६ भदौमा पार्टीका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति सभा गर्ने निर्णयसमेत गरेको छ।