एमालेलाई अन्टसन्ट शब्द बोल्ने अधिकार प्रचलित कानुनले स्वीकृति दिँदैन : देवेन्द्र पौडेल

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमालेलाई अन्टसन्ट शब्द बोल्ने अधिकार अहिलेको प्रचलित कानुनले नदिएको बताएका छन्।

 बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि बिहीबार सांसद पौडेलले सहमति गरेको पानामा मसी नसुक्दै फेरि यस्ता शब्द बोल्नु जनयुद्धमाथिकै अपमान भएको उल्लेख गरे।

उनले  जनताका छाेराछाेरीले ज्यानको बाजी लगाएर लडेको युद्धलाई हिंंसा भनेर अपमान गर्ने छुट एमालेलाई नभएको उल्लेख गरे। उनले छाती फराकिलो बनाउन एमालेलाई आग्रहसमेत गरे। 

सुझावित समाचार