देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण
देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

तस्बिर: मेघ गर्जन/चट्याङसहितको वर्षा गराउने प्रणाली

यतिवेला देशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

धनुषा, दोलखा, सिन्धुपाल्चोक आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहितको बादल विकसित भई पश्चिम दिशामा फैलने र सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी क्षेत्रमा भारी वर्षा, मेघगर्जन र चट्याङलगायत विभिन्न मौसमजन्य प्रकोप हुने सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सुझावित समाचार