तह वृद्धि भएका १२ जना नगरप्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलका १२ जना नगरप्रहरीको तह वृद्धि गरिएको छ । महानगरपालिका प्रहरी ऐन, २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगरप्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको हो । 

बिहीबार तह वृद्धि गरिएका प्रहरीहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरपालिकाको छवि नगरप्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमानदार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए । 

त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगरप्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरूले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगरप्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वासमा आँच आउन दिन नहुने बताए । 

सुझावित समाचार