जर्मनीका भेट्रान गोलरक्षक म्यानुअल नुएरले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । जर्मनीको राष्ट्रिय टोलीबाट १२४ अन्तर्राष्ट्रिय खेल खेलेका नुएरको अन्तिम खेल नै गत महिना फ्रान्समा भएको युरो २०२४ नै रह्यो ।
युरो २०२४ मा जर्मनी स्पेनबाट क्वार्टरफाइनलमा २–१ ले पराजित भएको थियो । विश्वकपपछि जर्मनीको राष्ट्रिय टोलीबाट सन्न्यास लिने नुएर चौथो खेलाडी हुन् । युरोपछि इल्कार गुन्डोगान, थोमस मुलर र टोनी क्रुसले सन्न्यास घोषणा गरेका थिए ।
‘मेरो लागि सन्न्यास लिने निर्णय सहज थिएन,’ नुएरले भने, ‘सन् २०२३ सम्म राष्ट्रिय टोलीको कप्तानी पाउनु सम्मानको कुरा हो ।’ जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा उनी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बनेका थिए ।