उद्योग वाणिज्य महासंघ कोशी र बिहार इन्डस्ट्रिज एसोसिएसनबीच भगिनी सम्बन्ध

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले भारत बिहार राज्यको इन्डस्ट्रिज एसाेसिएसन पटनासँग भगिनी सम्बन्ध बनाएको छ। महासंघ कोशी अध्यक्ष राजेन्द्र राउत र बिहार इन्डस्ट्रिज एसोसिएसन अध्यक्ष केपिएस केशरीले मंगलबार बिहारको राजधानी पटनामा औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापित गरेका हुन्।

भगिनी सम्बन्धपछि इन्डस्ट्रिज एसाेसिएसनले उद्योग वाणिज्य महासंघ कोशीले विराटनगरमा २७ देखि ३० भदौसम्म आयोजना गर्ने कृषि मेलामा सहभागिता जनाउने पक्का भएको छ।

उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारीले भगिनी सम्बन्ध स्थापित भएपछि कोशी र बिहारका उद्योगी व्यापारीहरूबिच व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तयार भएको बताएका छन्।

सुझावित समाचार