दमकको भाटभटेनी पुनः सञ्चालनमा

आइतबार, ६ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ गत वर्ष जेन–जी आन्दोलनमा आगजनी गरी ध्वस्त पारिएको झापा, दमकस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पूर्ण रूपमा आगजनी भएका स्टोरको चौबिसै घण्टा खटिएर पुनर्निर्माण गरी ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको बताए । 

जेन–जी आन्दोलनका क्रममा कम्तीमा १२ वटा स्टोरमा आगजनी भएको थियो । तीमध्ये हेटौँडाबाहेक सबै स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।

भाटभटेनीले ठुलो क्षति व्यहोर्दा पनि कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारी कटौती नगरेको गुरुङको भनाइ थियो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको पनि गुरुङले बताए । 

सुझावित समाचार