न्यु बुटवल–दमौली प्रसारणलाइन निर्माण सुरु

आइतबार, ६ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत ‘न्यु बुटवल–न्यु दमौली प्रसारणलाइन’को निर्माण सुरु भएको छ । एमसिए नेपालले न्यु बुटवल सबस्टेसनदेखि न्यु दमौली सबस्टेसनसम्मको चार सय केभी दोहोरो सर्किटयुक्त प्रसारणलाइनको निर्माण सुरु गरेको हो ।

एमसिए नेपालले शुक्रबारदेखि तनहुँ र पाल्पा जिल्लाबाट प्रसारणलाइन निर्माणकार्य सुरु गरेको हो । एमसिसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने तीन सय १५ किमि लामो प्रसारणलाइनमध्ये ९० किमि लामो यो खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा दुई सय ५० वटा प्रसारण टावर निर्माण हुनेछन् ।

यो बृहत् विद्युत् प्रसारण सञ्जालले नेपालको ऊर्जा सुरक्षा सबलीकरण गर्नुका साथै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने एमसिए नेपालले जनाएको छ ।

सुझावित समाचार