खिचापोखरीको महाबौद्ध सहकारीद्वारा २५ करोड ठगी, १० सञ्चालकविरुद्ध मुद्दा दायर

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौंकाे खिचापोखरीस्थित महाबौद्ध बचत तथा ऋण सहकारीका सञ्चालकहरूविरुद्ध ठगी मुद्दा दायर भएको छ । बचतकर्ताहरूको २५ करोड ८७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा १० जना सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

१० मध्ये तीनजना पक्राउ परेका छन् । संस्थाका सचिव राजेश शाक्य, सहसचिव जितेन्द्र श्रेष्ठ र सञ्चालक सदस्य मेनुकादेवी तुलाधरलाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

संस्थाका अध्यक्ष प्रमिल स्थापित, उपाध्यक्ष मञ्जु बज्राचार्य, कोषाध्यक्ष अनुसूर्या श्रेष्ठ, सदस्य छोरीमाया बज्राचार्य, लेखा समिति संयोजक अनिल शाक्य, लेखा समिति सदस्य अञ्जला स्थापित, विनितामैया शाक्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । संस्थाका दुई सय ३१ सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । 

See More On

सुझावित समाचार