सम्भव छ सुडानमा दिगो शान्ति

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

सन् २०२३ को अप्रिलदेखि सुडानी जनता र राज्यमा र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) मिलिसियाले चलाएको क्रूर युद्धको परिणामस्वरूप सुडानमा एउटा त्रासदी देखापरेको छ । यो युद्धले सुडान, यहाँको राज्य, जनसांख्यिकीय र सम्भावित रूपमा यसको आकार बदल्न खोजेको छ । यस युद्धको क्रममा आरएसएफ लडाकुले हाम्रा जनताविरुद्ध गरेको अकथनीय अत्याचारका बारेमा अन्तर्राष्ट्रिय समुदाय पूर्ण रूपमा सचेत छ ।

सुडानी सशस्त्र बल (एसएएफ) आरएसएफलाई परास्त गर्न र अन्तर्राष्ट्रिय कानुनको यी गम्भीर उल्लंघनलाई अन्त्य गर्न पूर्णरूपमा सक्षम छ । हाम्रो सेना शान्ति र स्थिरता पुनस्र्थापना गर्न, राष्ट्रिय एकता सुधार गर्न र हाम्रा मानिसहरूलाई आफ्नो जीवन पुनर्निर्माण गर्न सक्षम बनाउन अटल संकल्पका साथ लडिरहेको छ । तर, हामीलाई यो युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको थप आवश्यकता छ ।

किन जारी छ युद्ध ?
केही क्षेत्रीय देशहरूबाट आरएसएफलाई प्राप्त हुने भौतिक, राजनीतिक र मिडिया समर्थनविना यो युद्ध यति लामो समयसम्म चल्ने थिएन । त्यसकारण, हामी सुडानमा सबै शान्तिप्रेमी राष्ट्र, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनलाई सुडानको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको स्पष्ट रूपमा निन्दा गर्न र विद्रोही मिलिसियालाई पैसा, हतियार र सहयोग बन्द गर्न आग्रह गर्दछौँ । हामी विश्वास गर्छौँ कि यो युद्ध अन्त्य गर्ने सबैभन्दा छोटो बाटो हो । हामी सबै राष्ट्र विशेषगरी हाम्रा मूल्यवान् सहयोगीलाई आरएसएफद्वारा गरिएका अपराध र अत्याचारको निन्दा गर्न र यसको अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन गर्न अपिल गर्दछौँ । नागरिकहरूको सुरक्षा र राहत वितरणमा जेद्दा घोषणाको मिलिसियाले उल्लंघन गरेकाले निर्णायक र निवारक अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक छ । 

शान्तिको खोजीमा भएका पहल
सुडानले शान्ति र स्थिरता पुनस्र्थापनाका लागि गरिएका सबै गम्भीर पहलहरूको स्वागत गर्दछ । यद्यपि, हामी युद्धविराम वार्ताका लागि एउटा मञ्चको रूपमा जेद्दाह घोषणाको प्रतिबद्धतामा अडिग छौँ । हामी जेद्दाह घोषणाका प्रस्ताव कार्यान्वयन गर्न जोड दिन्छौँ, जसमा नागरिकको सुरक्षा र सर्वसाधारणलाई उनीहरूको घर सुरक्षित ढंगले फर्कन अनुमति दिने समावेश छ ।

जेद्दा घोषणा नागरिकको सुरक्षा गर्दै मानवीय मुद्दालाई सम्बोधन गर्नका लागि एक मात्र बाध्यकारी र व्यावहारिक रूपरेखा हो । यसले युद्धविराम र दिगो शान्तिका लागि सबैभन्दा सम्भाव्य आधार प्रदान गर्दछ । यदि यो हस्ताक्षरको समयमा राम्रो विश्वासका साथ कार्यान्वयन भएको भए युद्ध सुरु भएको चार हप्तापछि यसले प्रारम्भिक शान्तिपूर्ण समाधानको नेतृत्व गर्न सक्थ्यो । यसलाई कमजोर पार्ने वा बेवास्ता गर्ने कुनै पनि प्रयासले संकटको शान्तिपूर्ण समाधानलाई थप जोखिम पार्छ ।
दुर्भाग्यवश जेद्दा घोषणा र संयुक्तराष्ट्र सुरक्षा परिषद् प्रस्तावले मिलिसियालाई शक्ति सञ्चय गर्न अनुमति दिन्छ । 
 

सुझावित समाचार