समाचारको गुणस्तरमा परिवर्तन नआए मिडिया जगतकाे विकास हुँदैन : बस्नेत

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारको गुणस्तरमा परिवर्तन नआए मिडिया जगत्को विकास नहुने बताएका छन् । न्यु मिडियाले समृद्धिका बाहेकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन जरुरी छ । हरेक दिनजस्तो प्रविधिमा फरकपन छ । समाचारका प्रस्तुति र स्तर पुरानै शैलीका देखिन्छन् । यसमा सुधार जरुरी छ,’ अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तत्र्रिmयामा अध्यक्ष बस्नेतले भने । उनले मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्ने सुझाव दिए । ‘न्यु मिडिया विकास र समृद्धिको वाहक बन्नुपर्छ । प्रविधिमैत्री बनी रचनात्मक र चाखलाग्दा समाचार सामग्री दिनसके मिडिया जगत्ले फड्को मार्न सक्छ,’ उनले भने । पछिल्लो समय काउन्सिलले रचनात्मक पत्रकारिताको बहसलाई देशव्यापी बनाउँदै लगेको जानकारी दिँदै उनले मिडिया बचाउन सञ्चारमाध्यमका रणनीति र योजनामा पुनरावलोकन गर्न सुझाव दिए । संकटमा पर्दै गएको मिडिया क्षेत्रलाई जोगाउन सरकारले प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने भन्दै बस्नेतले भने, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले अवसर र चुनौती दुवै ल्याएको छ । मिडियामा यसको रचनात्मक प्रयोगलाई बढावा दिने हो भने अहिले समस्या घट्दै जानेछन् ।’

सुझावित समाचार