गएरातिदेखि परेको अविरल वर्षाले खहरे खोलाबाट लेदोसहितको बाढी आउँदा बिपी राजमार्ग अवरुद्ध भएको छ।
करिब ११ बजेको समयमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ माम्तीस्थित खहरे खोलाबाट लेदोसहितको बाढी आएपछि बाटो दुईतर्फी नै अवरोध भएको प्रहरीले जनाएको छ ।
अहिले उक्त स्थानमा ट्राफिकसहितको प्रहरी टोली खटिएको र स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीकाे भनाइ छ ।