लुम्बिनी मुख्यमन्त्रीको बुटवलस्थित निवास पुनः सञ्चालनमा

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा रहेको मुख्यमन्त्रीनिवास पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल उपमहानगरपालिका– ८ स्थित राजस्व अनुसन्धानको कार्यालय भवनमा रहेको निवास यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालय लगिए पनि प्रदेश प्रमुखको कार्यालय बुटवलमा रहेकाले नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन निवासलाई पुनः सञ्चालनमा ल्याइएको मन्त्री दिनेश पन्थीले बताए । 

मुख्यमन्त्री बुटवलमा आउँदा होटेलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो एकाइको व्यवस्था गरिएको जनाइएको छ । ०७४ देखि राजस्व अनुसन्धानको कार्यालयमा मुख्यमन्त्रीको निवास बनाइएको थियो । राजधानी दाङ लगिएपछि यहाँ मुख्यमन्त्रीको सम्पर्क कार्यालयसहित निवास बनाइएको थियो । अहिले पनि सोहीअनुसार सञ्चालनमा ल्याइएको छ ।
 

सुझावित समाचार