राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा प्रमुखहरू नियुक्त गरेका छन्। गत सोमबार (साउन १४)को मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका हुन्।
बागमती प्रदेशको प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशको प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशको प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएकाे राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार नै राष्ट्रपति पौडेलले यसअघिका बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिसकेका छन्।