पहिरोले कालीगण्डकी करिडोर बन्द

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको वर्षाका कारण पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए । दब्ल्याङमा करिडोरमाथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ । 
 

सुझावित समाचार