घर भत्किँदा एकै घरका आठ घाइते

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

जाजरकोटको  छेडागाड नगरपालिका– १२ काँडागाउँमा  घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमूली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए । 

आज बिहान ढुंगामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने संगीता र नवराज सामान्य घाइते भएकाे प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।  

सुझावित समाचार