कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिनेछ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।     

 

सुझावित समाचार