विमान दुर्घटनास्थलको निरीक्षणपछि गृहमन्त्रीले भने- घटनाबारे छानबिन गर्छौँ

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर दुःख व्यक्त गरेका छन् ।  उनले दुःखद घटना भएको र यसको छानबिन गर्ने बताए । मन्त्री लेखकले विमानमा रहेका १९ मध्ये  १८ जनाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल उद्धारमा खटेको बताउँदै घटनाको कारण छानबिनपछि विस्तृतमा बताउने उनले उल्लेख गरे । 

उनले भने, ‘दुःखद घटना भयो । यसको छानबिन गर्छौँ । विमानमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी भन्ने जानकारी पाएको छु । दुर्घटना भएलगत्तै म यहाँ आइपुगेको थिएँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल उद्धारमा खटिएका छन्। सुरक्षा निकायका प्रमुखहरू पनि घटनास्थलमा पुग्नुभएको छ । घटना भइसकेपछि राज्यले गर्नुपर्ने काम गरेको छ । बाँकी छानबिनपछि विस्तृतमा बताउँछौँ ।’
 

सुझावित समाचार