गेस्टहाउसबाट ६ जना बालिकाको उद्धार

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

कोटेश्वरस्थित एक गेस्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्टहाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन् । 

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।

सुझावित समाचार