नवलपुरको त्रिवेणीमा थप दुई शव फेला

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलस्थित गण्डक नहरमा दुईजनाको शव फेला परेको छ। 

नहरमा घोप्टो परेको अवस्थामा एउटा र उत्तानो परेको अवस्थामा अर्को शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। पुरुषको जस्तो देखिने ती शव निकाल्ने प्रयास भइरहेको उनले बताए। उक्त शव सिमलतालमा भएको बस दुर्घटनाका यात्रुको हुन सक्ने अनुमान गरिएको छ।

यसअघि शनिबार भेटिएका तीन र आज आइतबार भेटिएका दुई शवको सनाखत भएको छ। नवलपुर र पश्चिम नवलपरासीमा दुर्घटनामा परेका यात्रुहरू भेटिन सक्ने भएकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

सुझावित समाचार