नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा वीरगन्जबाट काठमाडौं आइरहेको र काठमाडौंबाट रौतहटको गौर गइरहेको यात्रुवाहक बस पहिरोले बगाएको खबर हुनासाथ स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको छ ।
चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैगरी कास्की, कैलाली, कञ्चनपुर, सर्लाही, तनहुँलगायत मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा गएको बाढीपहिराेबाट प्रभावितको खोज तथा उद्धारमा समेत सेना खटिरहेको निर्देशनालयले जनाएको छ ।