कञ्चनपुरमा पौडी खेल्न गएका दुई किशोरीको तालमा डुबेर मृत्यु, एक बेपत्ता

सोमबार, २४ असार, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। पुनर्वास– ५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार तालमा डुबेर आरती बोगटी बेपत्ता भएकी छिन्। बेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरू तीनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए।

सुझावित समाचार