काठमाडौंको सेतोपुलस्थित आश्रेय होमस्टेमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।
बारा गढीमाई घर भई डिल्लीबजार बस्ने २५ वर्षीय दिलीपकुमार साहमाथि खुकुरी प्रहार भएको हो। उनको टाउको, पेट र घाँटीमा चोट लागेको र फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी दिपेश बस्यालले बताए।
सुनसरी भोक्रा घर भएका फेसल जुवैरले खुकरी प्रहार गरेको खुलेको छ। उनी फरार छन्।