४८ केजी तौल समूहमा लक्ष्मण फाइनलमा

शुक्रबार, २२ असार, २०८१
डिजिटल संस्करण

चौथो प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोतिगाअन्तर्गत पुरुष ४८ केजी तौल समूहमा लक्ष्मण राई फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल खेलमा राईले आस तामाङलाई आरएससीका आधारमा हराए । यसैगरी सरोज तामाङमाथि लालप्रसाद उप्रेतीले ५–० को जित निकाली अन्तिम दुई स्थान पक्का गरेका छन् । 

उपाधि भिडन्त राई र उप्रेतीबीच हुनेछ । प्रतियोगिताको महिला ५० केजी तौल समूहमा लालुमाया केसीले सोनिया बरुवाललाई ५–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेकी छिन् । महिलातर्फको ५४ केजी तौल समूहमा अंशु केसीले अञ्जलीलाई ५–० ले हराएकी छिन् । महिलातर्फको ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रीति श्रेष्ठ नरिका राईसँग पराजित भएकी छिन् । 

See More On

सुझावित समाचार