आइसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिका १८ रनले विजयी

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर एटको बुधबार पहिलो खेलमा दक्षिण अफ्रिकाले सहआयोजक अमेरिकालाई १८ रनले हराएको छ । बर्बुडामा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेट गुमाएर १९४ रनको बलियो योगफल खडा गरेको थियो । पहिलोपटक सुपर एटमा पुगेको अमेरिकाले १८औँ ओभरसम्म दक्षिण अफ्रिकालाई चुनौती दिएको थियो । 

अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन जोड्यो । अमेरिकाका लागि एन्ड्रेस गाउसले सर्वाधिक ४७ बलमा ८० रन बनाए । उनले समान पाँच चौका र छक्का प्रहार गरेका थिए । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ४० रनको योगदान दिएका थिए । उनले ४० बलमा पाँच छक्का र सात चौका प्रहार गरेका थिए । कप्तान एडेन माक्राम र क्विन्टनबीच दोस्रो विकेटका लाग सय रनको साझेदारी भएको थियो । 

माक्रामले ३२ बलमा चार चौका र एक छक्का प्रहार गरी ४६ रन जोडे । हेन्रिक क्लासेन र स्टुबासले पाँचौँ विकेटका लागि ५३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पु¥याए । बलिङमा अमेरिकाका लागि हर्मित सिंहले २४ रन खर्चेर दुई विकेट हात पारेका थिए । 

सुझावित समाचार