पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषयमा कांग्रेस सांसदको प्रश्न

बुधबार, ६ असार, २०८१
डिजिटल संस्करण
पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषयमा कांग्रेस सांसदको प्रश्न

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको विषय उठाएका छन्।  

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ–मिल्दैन ?’ खतिवडाले भने, ‘राज्यले त्योबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरणको विषय विभिन्न सञ्चारमाध्यममा आएपछि खतिवडाले संसदमा जवाफ माग गरेका हुन्।

सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको चर्चाको विषय पनि संसदमा उठाए। ‘अध्यक्ष नियुक्ति गर्न सत्तारूढ दलमा रस्साकस्सी पुगेको छ र कानुनी प्रक्रिया नपुर्याई नियुक्ति अगाडि बढाइयो भन्ने सुन्नमा आएको छ। कानुन पालन गर्ने पद्धतिको विकास होस्,’ उनले भने।

सुझावित समाचार