६ अंकले बढ्याे नेप्से, पाँच अर्ब ८९ करोडकाे काराेबार

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

मंगलबार दोहोरो अंकले बढेको सेयर बजार आज पनि सामान्य रूपमा बढेको छ। नेप्से आज ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको छ।

आज होटेल, हाइड्रोपावर, निर्जीवन बिमा र व्यापारबाहेक सबै समूहको सेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले उकालो लागेको छ।

आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधाना लघुवित्त र ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन सत्रपत्री हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ।

आज तीन सय १२ वटा कम्पनीका एक करोड २९ लाख कित्ता सेयर पाँच अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ। केही दिनयता एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै किनबेच भइरहेको छ।

सुझावित समाचार