टिपरको ठक्करबाट एकजनाको मृत्यु

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

टिपरको ठक्करबाट मकवानपुरको मनहरीमा मंगलबार राति एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको मध्यविन्दु नगरपालिका– १४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका– ७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ख ८४४९ नम्बरको टिपरले हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक क्षेत्री गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक क्षेत्रीको सालो नाता पर्ने ललितपुर महानगरपालिका– ४ बागडोल बस्ने राजीव थापाले उनको पहिचान गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

टिपर र टिपरचालक नवलपरासी मध्यविन्दु नगरपालिका– १० अरुणखोला बस्ने वर्ष ४० को वीरबहादुर कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको डिएसपी भण्डारीले बताए ।

See More On

सुझावित समाचार