सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद् १० सदस्यीय पुर्याएका छन् । उनले सोमबार एमाले र माओवादीबाट तीन–तीनजना तथा एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका छन् ।
एमालेका सुरेन्द्र पाललाई आर्थिक मामिला र माओवादीका ओमविक्रम भाटलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादीका अक्कल रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्रालय तोकिएको छैन ।
स्वतन्त्र सांसद तारा जोशीलाई उद्योगमन्त्री बनाउने तयारी थियो, तर मन्त्रालयमा चित्त नबुझेपछि उनले शपथ लिएनन् । यसअघि नागरिक उन्मुक्तिबाट कैलाश चौधरी भौतिक र टीका थापा भूमिमन्त्री छन् ।