नेकपा एमाले कञ्चनपुरले जिल्लाका पालिकामा अधिवेशन गरिरहेको छ। शुक्रबारदेखि सुरु भएको एमाले पालिका अधिवेशनअन्तर्गत बेलौरी नगरपालिकामा नेतृत्वसहित पदाधिकारी चयनमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट पदाधिकारी चयन गरिएको छ।
अध्यक्ष पदका लागि नवराज शाही र टकबहादुर बोहरासहित पदाधिकारीमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए।निर्वाचनमा नवराज शाही प्यानल निर्वाचित भएको एमाले बेलौरीले जनाएकाे छ।
शाहीले आफ्ना प्रतिस्पर्धी टक बोहरालाई २८ मतको अन्तरले हराउँदै अध्यक्ष चयन भएका हुन्। शाहीले एक सय एक मत पाउँदा बोहराले ७३ मत ल्याएका छन्।
उपाध्यक्षमा सहवीर महतरा निर्वाचित भएका छन्। महतराले ६ मतको अन्तरले प्रतिस्पर्धी कोपिला चौधरीलाई हराउँदै उपाध्यक्ष निर्वाचित भएका हुन्। महतराले ८७ र कोपिला चौधरीले ८१ मत ल्याएका छन्।
सचिवमा हस्तबहादुर विक निर्वाचित भएका छन्। विक शिवराज रानालाई सात मतको अन्तरले हराउँदै सचिवमा चयन भएका हुन्। विकले ८६, रानाले ७९ मत ल्याएका छन्। उपसचिवमा मिश्रीलाल राना र गीता डगौरा निर्वाचित भएका छन्।
रानाले भोजराज चौधरीलाई १७ मत र डगौराले शाहीलाई ४१ मतको अन्तरले हराउँदै उपसचिवमा निर्वाचित भएका छन्। मिश्रीलाल रानाले ९२, भोजराज चौधरी ७५, गीता डगौरा एक सय पाँच र नौनादेवी शाहीले ६४ मत ल्याएका थिए। एक सय ८४ कुल मतदातामध्ये एक सय ८१ मत खसेकामा एक मत बदर भएको छ।
नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी (ज्वाला)ले सहमति हुन नसकेपछि अन्तिममा आएर चुनावी प्रक्रियाबाट पदाधिकारी चयन गरिएको बताए।