एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन्। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
पाँच सय ९२ मतमध्ये उनले तीन सय ४५ मत प्राप्त गरे। उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुई सय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका छन्। प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रूपा सापकोटा निर्वाचित भए।
बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भएका छन्। कुल २८ जना सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनमा कुल ६ सय १७ जना प्रतिनिधिको सहभागिता थियो।