लुम्बिनी गुरुयोजनालाई आवश्यक बजेट व्यवस्था गर्न सांसदको माग

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने समय सकिन लाग्दासमेत आवश्यक बजेट नभएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरी घर्तीले बजेट नहुँदा राष्ट्रिय गौरवको आयोजनामा राखिएको लुम्बिनी गुरुयोजना अलपत्र परेको बताइन्।

‘विश्वभरिका करिब एक अर्ब बौद्धमार्गी र अन्य लाखौँ–करोडौँ गैरबौद्धमार्गीको प्रमुख धार्मिक र पर्यटकीय केन्द्रको रूपमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणकार्य बजेट अभावका कारण समयमै सम्पन्न नहुँदा अलपत्र परेको छ,’ उनले भनिन्।

गुरुयोजना सम्पन्न गर्न १३ अर्बको लागत अनुमान गरिए पनि हालसम्म सात अर्ब मात्र गएको उल्लेख गर्दै सांसद घर्तीले भनिन्, ‘गुरुयोजनाले निर्दिष्ट गरेको काम सक्न १३ अर्ब लागत लाग्नेमा हालसम्म सात अर्ब मात्र गएकाले ०८०/८१ मा सम्पन्न भइसक्नुपर्ने भनिएको काम अझै धेरै बाँकी रहेकाले यसमा गम्भीर बन्दै गुरुयोजना निर्माणकार्य सम्पन्न गर्नका लागि आवश्यक बजेट तत्काल व्यवस्थाका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु।’ 
 

सुझावित समाचार