सोमबार सुरुमा प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीबीच भेटवार्ता, लगत्तै प्रधानमन्त्री, ओली र माधव नेपालबीच छलफल
संसद्मा आरोप–प्रत्यारोपबीच प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक संवाद बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै र सामूहिक गरी सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूस“ग संवाद गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । त्यसबाहेक प्रधानमन्त्रीले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्षस“ग संयुक्त एवं अलग–अलग भेटघाट गरेका छन् ।
शीर्ष नेताबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘समसामयिक पछिल्ला राजनीतिक घटनाक्रममै केन्द्रित रहेर कुराकानी भएको हो, सकारात्मक परिणाम देखिने गरी नै छलफल चलिरहेको छ,’ आचार्यले भने ।
प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्षबीचको भेटवार्ता सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्रीले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अलग–अलग र सामूहिक रूपमा प्रदेश सरकार गठन र विस्तारमा केन्द्रित छलफल गरेका थिए । आपसी आशंका र अविश्वास हटाएर सत्तासमीकरण बलियो बनाउने र अल्झिएको प्रदेश सरकारहरूको पूर्णता र विस्तार गर्नेतर्फ छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यको भनाइ छ ।