श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले सबै मन्त्री र मन्त्रालयको समन्वयमा नै बजेट आएको बताएका छन्।
आइतबार संसद् भवनपरिसरमा बजेटमा एमालेको असन्तुष्टिको प्रसंग उठाउँदै पत्रकारहरूले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन्।
रास्वपाका उपसभापतिसमेत रहेका मन्त्री अर्यालले एमालेको धारणाबारे आफूलाई जानकारी नहुने उल्लेख गर्दै मन्त्री र सचिवहरूसँग भने समन्वय गरेरै बजेट आएको प्रस्ट पारे।
‘बजेट बनाउँदा सबै मन्त्रालयका मन्त्री र सचिवहरूले बजेट पठाएर नै बजेट बन्ने हो। मलाई थाहा नभई बजेट बन्यो म भन्न सक्दिनँ। किनभने हामीले नै सिग्नेचर गरेर बजेट पठाएका छौँ,’ उनले भने।