प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री गगन थापाले सरकार आग्रहबाट मुक्त भएर, जिम्मेवार भएर आए कांग्रेस २४ घण्टा काम गर्न तयार भएको बताएका छन्।
आइतबारबाट प्रतिनिधिसभा बैठकमा सुरु भएको बजेटमाथिको छलफलमा बोल्दै महामन्त्री थापाले जति दिन संसद् अवरोध भयो त्यसको क्षतिपूर्ति गर्ने गरी कांग्रेस काम गर्न तयार भएको बताएका हुन्।
महामन्त्री थापाले सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले सबै आशंकाहरूलाई चिर्दै निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने कुरा आफू विश्वस्त भएको बताए।
उनले सरकारले ल्याएको बजेटमाथि जमेर छलफल गर्न चाहेको बताए। उनले दुग्ध किसानले भुक्तानी नपाएका कुरा, मनसुनी प्रकोपबाट हुने क्षति न्यूनीकरणका तयारीबारे सरकारसँग सोध्न मन लागेकाे बताए ।