अनुमतिप्राप्त हतियार घरबाहिर लैजान यात्रा इजाजत चाहिने

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

अब प्रचलित कानुनबमोजिम इजाजतप्राप्त हतियार पनि घरबाहिर लैजान यात्रा इजाजत लिनुपर्ने भएको छ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले इजाजतप्राप्त हतियारको विषयमा यस्तो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिइन्। 

सरकारले इजाजत प्राप्त गरेका, तर यात्रा अनुमति प्राप्त नगरेका हतियार इजाजतवाहकले घरबाहिर लैजान नपाउने तथा यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेधित गर्ने निर्णय गरेको हो।

सुझावित समाचार