भोटोजात्राको साइत १७ साउनमा

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

रातोमत्स्येन्द्रनाथ जात्राअन्तर्गत देखाइने भोटोजात्रा यसपटक १७ साउनमा देखाइने भएको छ।

बिहीबार गुठी संस्थान ललितपुर शाखा, मत्स्येन्द्रनाथका पुजारी र स्थानीयवासीले विधिपूर्वक साइत हेराएका हुन्। यसपटक भोटोजात्राको साइत १७ साउनमा मात्रै जुरेको रातोमत्स्येन्द्रनाथ देवताका पुजारी कपिल बज्राचार्यले जानकारी दिए। 

बज्राचार्यका अनुसार सो दिन बिहान १० बजेपछि भोटो देखाउने साइत जुरेको छ। ‘यसपटक भोटो जात्रा धेरै पर सरेको छ, शुक्र अस्त परेकोले साइत धेरै पर सरेको हो,’ उनले भने। 

भोटोजात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिने प्रचलन छ भने राष्ट्र प्रमुखलाई भोटो देखाउने गरिन्छ। गुठी संस्थान जिल्ला शाखा प्रमुखले राष्ट्र प्रमुखसहितको सहभागितामा भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको रथजात्रा सकिन्छ।

सुझावित समाचार