माछा मार्ने क्रममा नारायणीमा डुबेर एकजनाको मृत्यु

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

नवलपुरमा नारायणी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका– १४ बेलटाडीनिवासी २८ वर्षीय सुनीलराना मगरको निधन भएको हो ।

गएराति नारायणी नदीमा माछा मार्न गएका रानामगर गैँडाकोट– १६ दोभानघाटस्थित नारायणी नदीमा मृत फेला परेका छन्। उनी हिजो बिहान ९ बजे माछा मार्न भनी घरबाट निस्केको र राति अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा नारायणी नदीमा मृत फेला परेका हुन् । 

उनी छारे रोगको बिरामी रहेको र नियमित औषधि सेवन गर्ने गरेकोसमेत खुल्न आएको छ ।

See More On

सुझावित समाचार