सत्ताकाे इशारामा चलेका सभामुखले संसद्लाई बन्दी बनाए : सांसद पौडेल

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

कांग्रेस सांसद प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताकाे इशारामा चलेर संसद्लाई बन्दी बनाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सांसद पौडेलले संसद एकलौटी ढंगबाट चलाउन खोजेको र सम्पूर्ण रुपमा सत्ताको इसारामा सभामुख चलेको आरोप लगाएका हुन्।

‘आज संसदमा प्रतिपक्षीलाई बोल्न पनि बन्द गरिएको छ। यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जबर्जस्ती गर्नुभयाे। समाभुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ,’ उनले भने, ‘संसद्ले हल निकाल्ने होइन, संसद्बाट समस्या सिर्जना गर्ने, संसद्लाई बन्दी बनाउने र जबर्जस्ती नियन्त्रण गरेर अगाडि बढ्ने कार्यदिशा तय गरिएको सभामुखको भूमिकाबाट प्रष्ट हुन्छ।’

शुक्रबारको प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधपछि १० मिनेट बसेर स्थगित भएको छ। भामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरू आफ्नो सिटबाट उठेका थिए। सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जनाएपछि आज पनि बैठक स्थगित भएको हो। 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको विषयमा दलहरूबीच सहमति नजुट्दा लामो समयदेखि संसद् बैठक अवरोध हुँदै आएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ। 

सुझावित समाचार