प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको आजको बैठक पनि अघि बढेको छ।
बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद बद्री पाण्डेलाई धारणा राख्न समय दिएका थिए। सांसद पाण्डेले आफूहरूको माग र अडान कायम रहेको भन्दै सहकारीका बचतकर्ताहरूको रकम ठगीका विषयमा जाँचबुझ गर्न संसदीय छानबिन समिति गठन नहुँदासम्म बैठक अघि बढ्न नसक्ने धारणा राखे।
उनले बोलेपछि सभामुखले बैठकलाई नियमित कार्यसूचीमा अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका अन्य प्रतिपक्षी दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी सुरु गरे।
नाराबाजीकै बीच सभामुख घिमिरेले बैठक सञ्चालन गरिरहेका छन्।