माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

माइक्रोबस र टिपर एक–आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा.३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा.४ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४  कुरिनटारमा आज बिहान एक–आपसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ । 

सुझावित समाचार