बाँके, पर्वत र बागलुङमा नयाँ सिडिओ

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। मन्त्रालयले बाँके, बागलुङ र पर्वतमा नयाँ सिडिओ पठाएको हो।

बाँकेमा खगेन्द्रप्रसाद रिजाल, बागलुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ। बाँकेमा सिडिओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो।

बाँकेमा खटाइएका रिजाल यसअघि बागलुङमा सिडिओ थिए। शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुन्।

सुझावित समाचार